४ कार्तिक २०८३, बुधबार

तीन पटक मूल्य घटेर आउँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाउने अडानमा आयल निगम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर नयाँ सूची पठाए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नघटाउने भएको छ ।

तीन–तीन पटकसम्म मूल्य घटेर आउँदा पनि उपभोक्ता मूल्य नघटाउने अडानमा आयल निमक टसकोमस भएर बसेको छ । भारतबाट मूल्य घटेर आए पनि निगमले अझै ऋणको दायित्व धेरै व्यहोर्न परिरहेका कारण कारण हाललाई मूल्य नघटाउने निर्णयमा आयल निम पुगेको छ ।

भारतले आज मंगलबार मात्रै तेस्रो पटक इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको थियो । त्यसलगत्तै बैठक बसेर निगमले तत्काल मूल्य नघटाउने निर्णय गरेको बताइएको छ ।