बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

थप ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

दैनिक नेपाल २०७९ साउन ३१ गते १७:२१

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ५ हजार ६१९ जनाको नमूना परीक्षणबाट ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनाको आरटी–पीसीआर गर्दा ३९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार ८५८ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६०९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ३ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ५ हजार ७३७ जनाको नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन ४७४ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २५९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ५९ हजार ३५० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार २५९ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित