बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड र नारायणकाजीसँग तस्वीर खिचाउँदै बाबुरामले भने– अब हामी पनि सत्ता गठबन्धन भयौँ

दैनिक नेपाल २०७९ साउन ३१ गते १७:१९

काठमाडौं, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव चिह्नमा तालमेल गरेसँगै आफूहरू पनि सत्तारुढ गठबन्धनभित्रै दल भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार तस्वीर खिचाउँदै उनले सो कुरा बताएका हुन् । अब आफूहरू सत्तागठबन्धनको एक अङ्ग भइसकेको बताउँदै उनले गठबन्धनले गर्ने तालेमलको मापदण्ड अनुसार नै अघि बढ्ने समेत बताएका छन् ।

अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न प्रचण्डसँग मिलेर अगाडि बढ्ने सहमति भएको डा. भट्टराईको भनाइ छ । भट्टराईले आफ्नो पूर्वपार्टी नेकपा माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्णय अनुसार उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्नेगरी निर्वाचन आयोगमा आजै आवेदन दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित