बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राजनीति र सत्ताको नेतृत्वका लागि नहतारिन युवालाई केपी ओलीको आग्रह

दैनिक नेपाल २०७९ साउन ३१ गते १७:०२

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीति र सत्ताको नेतृत्वमा पुग्नका लागि हतार नगर्न युवा पङ्तिलाई आग्रह गरेका छन् ।

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाशक्तिको सम्मान गर्दै नेतृत्वमा पुग्ने हतार नगर्न आग्रह गरेका हुन् ।

युवाहरूमा ज्ञान र क्षमता अधिक हुने भए पनि अनुभवका लागि क्रमशः अगाडि बढ्नुपर्ने औंल्याउँदै ओलीले भने, ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन । पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

उनले अगाडि भने, ‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो भएन र ? आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो भने त्यो मान्छे एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ, कसरी जित्न सक्नु ।’

प्रतिक्रिया
सम्बन्धित