शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गठबन्धन सरकारले संसद पंगु बनायो, अदालतमा वकिलहरू कम्फुकराँते खेल्छन् : ओली

दैनिक नेपाल २०७९ साउन ३१ गते १६:४९

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले जनता र राष्ट्रको लागि काम नगरेको बताएका छन् ।

राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता सन्चालन गर्नेहरु ब्यक्तिगत स्वार्थसिद्ध गर्न लागि परेकाले देशको अबस्था कमजोर बन्दै गएको तर्क गरे ।

उनले भने, ‘अबको चुनावमा गलत निर्णय लिन पुग्यौँ भने देश बर्बादीतर्फ जान्छ। कुनै लोभ र प्रभावमा नफसौँ। गलत सूचना र जानकारीबाट टाढा रहौँ। गठबन्धन सरकारको एक वर्षमा सबै देख्नु र भोगिसक्यौँ। अर्थतन्त्र ओरालो लागेको छ । राजनीति भद्रगोल छ। संसद् पंगु भएको छ । संसद्जस्तो छैन। सरकार सरकारजस्तै छ । अदालत अदालत जस्तो छैन । प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिएको छ।’

अदालतमा बहस गर्नुपर्ने वकिलहरू कम्फु कराँते खेल्नतिर लागेको टिप्पणी गरे। आफू नेतृत्वको सरकारले सत्य र विकासको पक्षमा काम र राजनीति गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित