२ कार्तिक २०८३, सोमबार

गायिका प्राश्ना शाक्यको स्वर र सुनिल मास्केको संगीतमा ‘माइती आँगन’

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सृजना तथा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ ।

किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियोको निर्देशन लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

आधुनिक शैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सह निर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, वीनिता थापा, वीनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।