बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुई तहको सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिकको पक्षमा राप्रपा नेपाल

दैनिक नेपाल २०७९ साउन ३१ गते १६:१४

काठमाडौं, ३१ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपाल मुलुकमा दुई तहको सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिएको छ ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशको वर्तमान अवस्थाको समीक्षा, पार्टीको भावी कार्यदिशा र कार्यक्रमको निर्धारण तथा आगामी निर्वाचनको तयारीका सम्बन्धमा गम्भीर छलफल गरी उक्त निर्णय गरेको हो ।

बैठकले लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, केन्द्र र स्थानीय गरी दुईतहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब राप्रपा नेपालको मुख्य अवधारणा हुने निर्णय गरेको छ ।

साथै, बैठकले सुशासन र आर्थिक समृद्धि राप्रपा नेपालको प्राथमिकता हुने एवम् भ्रष्टाचार निवारण एवम् वेरोजगारी समस्याको समाधान पार्टीको प्रमुख कार्यनीति हुने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित