४ कार्तिक २०८३, बुधबार

काङ्ग्रेस केन्द्रीय कार्यसमितिमा थपिए १० जना सदस्य (नामावलीसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाली काङ्ग्रेसकाको केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थप गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज मंगलबार १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) छन् ।