शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा बढेको बढ्यै !

दैनिक नेपाल २०७९ साउन ३१ गते १५:१६

काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएर पठाएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।

योसँगै आईओसीले घटाएर पठाएको मूल्यसूची संख्या तीन पुगेको छ । तर, नेपाल सरकारले यसअघि घटेर आएको मूल्य समेत अहिलेसम्म समायोजन (घटाएको) छैन ।

प्रतिक्रिया
सम्बन्धित