४ कार्तिक २०८३, बुधबार

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिएका थिए ।