
बाँके, ३१ साउन । बाँकेको जानकी गाँउपालिका–१ पञ्चपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको ४५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरले बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए ।
बरामद यार्सागुम्बा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको बताइएको छ ।
















प्रतिक्रिया