शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नागरिकता विधेयक हुबहु अघि बढाउने सत्ता गठबन्धनको निर्णय

विधेयकलाई पुनः तत्काल अगाडि बढाइने

दैनिक नेपाल २०७९ साउन ३१ गते १३:३४

काठमाडौं, ३१ साउन । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको बताइएको छ ।

साथै सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय समेत गरेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै आइतबार संसदमै फिर्ता पठाएकी थिइन् । राष्ट्रपति भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित