बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नागरिकताको खुकुलो प्रावधान आत्मघाती हुन्छ, राष्ट्रपतिको कमद स्वागतयोग्य : जनमोर्चा

दैनिक नेपाल २०७९ साउन ३० गते १९:४४

काठमाडौं, ३० साउन । वर्तमान सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा पार्टीले बैबाहिक अंगीकृत महिलाले पाउने नागरिकतासम्बन्धीको खुकुलो प्रावधान मुलुकका लागि आत्मघाती हुने बताएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले हुबहु प्रमाणीकरण नगरी पुनर्विचारका लागि संसदमै फिर्ता गर्ने कदम स्वागतयोग्य भएको बताउँदै सो पार्टीले त्यसअनुरुपको धारणा सार्वजनिक गरेको हो ।

आज सोमबार सङ्क्षिप्त प्रेसनोट जारी गर्दै सो पार्टीले भनेको छ, ‘राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । नेपालका लागि त्यस प्रकारको अत्यन्तै खुकुलो नागरिकता विधेयक आत्मघाती हुन्छ । त्यसलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया
सम्बन्धित