शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अष्ट्रेलियाको कार्यक्रम छोडेर अकस्मात किन नेपाल फर्किइन् हिमानी शाह ?

दैनिक नेपाल २०७९ साउन ३० गते १९:१५

काठमाडौं, ३० साउन । विभिन्न कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी हिमानी ट्रष्टकी संस्थापक एवम् पूर्वयुवराज्ञी हिमानी शाह अकस्मात नेपाल फर्किएकी छिन् ।

हिमानी ट्रष्ट अष्ट्रेलियाले त्यहाँको साँसद र मन्त्रीहरुसँग राखेको विशेष कार्यक्रम नै छोडेर उनी आज नेपाल फर्किएकी हुन् । जनै पूर्णिमाको अवसर पारेर गत शुक्रबार आयोजित कार्यक्रममा सहभागी हुन ट्रष्टकी संस्थापक शाह पूर्वराजपरिवारका सदस्यसहित गत मंगलबार अष्ट्रेलिया पुगेकी थिइन् ।

तर, त्यहाँको सांसद र मन्त्रीहरूसँगको महत्वपूर्ण र विशेष कार्यक्रम नै छोडेर निर्धारित समयभन्दा दुई दिनअघि नै उनी नेपाल फर्किएकी हुन् ।

शाहलाई घाँटीमा टन्सिल बढ्नाका साथै उच्च ज्वरोले समेत सताएपछि विरामी अवस्थामै नेपाल फर्किएको स्रोतको भनाइ छ । यद्यपि, यति सामान्य समस्याको उपचार अष्ट्रेलियामा सम्भव हुँदाहुँदै पनि अकस्मात नेपाल फर्किनु रहस्यमय र अर्थपूर्ण रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित