
काठमाडौं, ३० साउन । काठमाडौँको नागढुङ्गामा ट्राफिक सचेतनामूलक र फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्व र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सवारी साधनमा जथाभावी फोहोर नगरौँ, सवारी साधनबाट जथाभावि फोहोर नफालौँ, सवारी साधनमा फोहोर दानी अनिवार्य राखौँ, नो हर्नलगायत विविध चेतनामूलक सन्देश लेखिएका १७ हजार थान स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरीलाई हस्तान्तरण गरेका छन् ।
साथै चन्द्रागिरि नगरपालिका प्रमुख र उपप्रमुखले सडक बढारेर सफा राख्नका लागि आह्वान समेत गरेका थिए ।
चन्द्रागिरि नगरपालिकाको आयोजना तथा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको समन्वयमा नागढुंगामा सोमबार बिहान साढे ७ बजे शुरू भएको कार्यक्रममा नेपाली सेना, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी र चन्द्रागिरि नगरक्षेत्रमा कार्यरत सामुदायिक तथा निजी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।















प्रतिक्रिया