४ कार्तिक २०८३, बुधबार

राप्रपा बैठक : तालमेलको जिम्मा अध्यक्ष लिङ्देनलाई, घोषणापत्र तयारी समिति गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनका लागि अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

आज सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले अध्यक्ष लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति पनि गठन गरेको छ ।

यसैगरी घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशी संयोजक रहेको समिति गठन गरेको छ । समितिमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की सम्मिलित छन् ।