बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भदौ ३० गतेदेखि एमडीएमएस लागू गरिने

दैनिक नेपाल २०७९ साउन ३० गते १७:४९

काठमाडौं, ३० साउन । नेपालमा मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरिने भएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरण र मोबाइल फोन इम्पोर्टस एसोसिएशनले यस्तो निर्णय लिएका हुन् । गत बिहीबार काठमाडौंको सोल्टी होटेलमा सम्पन्न एमडीएमएसको संयुक्त कार्यशाला गोष्ठीबा यस्तो निर्णय गरिएको मोबाइल फोन इम्पोर्टस एशोसिएशनका अध्यक्ष दिपककुमार मलहोत्राले जानकारी दिए ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेश नियन्त्रण गर्ने उच्च प्रविधि होे । यो प्रणली लागू भएसँगै नेपालमा अनधिकृत रूपमा आयात गरिएका मोबाइल फोनहरू चल्ने छैनन् ।

यो प्रणाली लागू भएको दुईदेखि तीन महिनामा शतप्रतिशत लागू भइसक्ने बताइएको छ । उक्त अवधिमा पुराना फोनलाई दर्ता गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित