४ कार्तिक २०८३, बुधबार

बञ्चरे डाँडा ल्यान्डफिल साइट प्रभावितद्वारा आन्दोलनका कार्यक्रम स्थगित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको स्थान बञ्चरे डाँडा ल्याण्डफिल साइटका प्रभावितहरूले तत्काललाई आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् ।

उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने बताउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताएका छन् । आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल साइटप्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए । सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोर्ट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरिएको छ ।