४ कार्तिक २०८३, बुधबार

सत्ता गठबन्धनको सीट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा शुरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । आगामी निर्वाचनका लागि सीट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बालुवाटारमा शुरू भएको छ ।

बैठकमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सीट बाँडफाँटबारे छलफल हुने छ । आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सीट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।