४ कार्तिक २०८३, बुधबार

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ ।

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए ।