शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई र गोलकिपरमा डंगोल नियुक्त

दैनिक नेपाल २०७९ साउन ३० गते १६:४१

काठमाडौं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २६ गते बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरिसकेको छ ।

कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो । सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीका मुख्य प्रशिक्षक हुन् । यस्तै, डंगोल ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर प्रशिक्षक हुन् ।

प्रतिक्रिया
सम्बन्धित