
काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ३ हजार १५५ जनाको आरटी–पीसीआर गर्दा ४२७ जना र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी आज ८८८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार ४५९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७६ हजार ८३ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ३ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ४ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको थियो । उक्त दिन ३०२ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ५६ हजार ६२८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ३८७ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया