
काठमाडौं, ३० साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा आज सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले सूर्य चिह्न लिएर विजयी बनेका त्रिपाठीले अहिले पनि तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेको स्रोतको भनाइ छ ।















प्रतिक्रिया