
काठमाडौं, ३० साउन । हप्तौँदेखि उठाउन नसकिएको फोहोर उठाउन नेकपा एमालेका युवाहरू अग्रसर भएका छन् ।
सोही क्रममा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सोतबार नयाँ बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । हप्तौँदेखि थुप्रिएको फोहोरका कारण दुर्गन्ध फैलिन थाल्दा पनि सरकारले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरू आफै अग्रसर भएर फोहोर उठाउन थालेका हुन् ।
बञ्चरे डाँडामा स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर व्यवस्थापनमा जटिलता देखिँदै आएको छ ।















प्रतिक्रिया