
काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् ।
आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने पनि बताएका छन् । देशको इतिहास, भुगोल, संस्कृति र जातीय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्नेमा उनको जोड छ ।
अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया