शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नागरिकता विधेयक : महाअभियोगको चेतावनीसहित तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा

दैनिक नेपाल २०७९ साउन ३० गते १५:०३

काठमाडौं, ३० साउन । संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक फिर्ता गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरिएको छ ।

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले महाअभियोगसम्मको चेतावनी दिदै राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो । संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमै फिर्ता गरेको भन्दै आक्रोशित भएको तरूण दलले राजीनामा मागेको हो ।

विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रतिनिधि सभामा फिर्ता पठाइएको उल्लेख छ । राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा नदिए महाअभियोगबाट पदच्यूत गर्न संसद र सरकारसँग आग्रह समेत गरिएको छ ।

हेर्नुहोस्– अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्ति–

प्रतिक्रिया
सम्बन्धित