४ कार्तिक २०८३, बुधबार

कांग्रेसलाई ठूलो पार्टी बनाउन गठबन्धनका उम्मेदवारलाई मतदान गर्न देउवाको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन गठबन्धनका उम्मेदवारहरूलाई इमानदारीपूर्वक मतदान गर्न पार्टीपङ्क्तिलाई आग्रह गरेका छन् ।

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा आजदेखि शुरू भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनले तय गरेका उम्मेदवारलाई मतदान गर्दा कांग्रेस सबैभन्दा ठूलो दल हुने उनको भनाइ छ ।

उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर आफूहरूले बढी सिट जितेको दाबी गर्दै आगामी निर्वाचनमा पनि गठबन्धनले राम्रो नतिजा ल्याउने विश्वास दिलाएका छन् । ‘सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको छ । सोही अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको छ,’ देउवाले भने ।