बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार हो, आक्रोशित हुन पर्दैन : गगन थापा

दैनिक नेपाल २०७९ साउन ३० गते १४:२३

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन थापाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेका विशेयकहरू आवश्यकता अनुसार फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताएका छन् ।

कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले नागरिकता विधेयक फिर्ता भएको र त्यसबारेमा आक्रोश व्यक्त गरिहाल्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।

‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो । हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ आज सोमबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले थापाले भने, ‘प्रथम दृष्टिमा उहाँले विधेयकलाई संसदमा फिर्ता पठाउने कुराको प्रक्रियामा नै प्रश्न उठाउनुपर्छ भन्ने छैन ।’

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै यसबारे धारणा बनाएर संसदमा प्रस्तुत हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाइदिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित