
काठमाडौं, ३० साउन । काठमाडौंको विष्णुमती खोलामा हाम फालेका एक जना पुरूषको प्रहरीले उद्धार गरेको छ ।
हिजो आइतबार राति साढे सात बजेको समयमा एक पुरूषले काठमाडौं महानगरपालिका–१६ बालाजु चोकनजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए ।
ती पुरूषको उद्धार गरी वीर अस्पताल लगिएको तथा उपचार भइरहेको प्रहरीले बताएको छ । उनको शरीरमा बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।















प्रतिक्रिया