बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘हर्के हल्दार’ छाडेका कलाकार बिष्णु सापकोटा ‘रिटार हल्दार’मा देखिदै

दैनिक नेपाल २०७९ साउन २९ गते १८:०६

काठमाडौं । लामो समयदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेली चलचित्र ‘हर्के हल्दार’ छाडेका कलाकार बिष्णु सापकोटा ‘रिटार हल्दार’मा देखिने भएका छन् ।

हर्के हल्दारको उपनामले परिचित कलाकार सापकोटाले भर्खरैमात्र हर्के हल्दार छाडेका थिए । उक्त सिरियल छाडेसँगै उनी यस्तै भूमिकामा नयाँ टेली चलचित्रमार्फत देखिन लागेका हुन् ।

सापकोटाको मुख्य भूमिका रहने हास्य टेलिचलचित्र ‘रिटार हल्दार’को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी समेत गराइएको छ । टेली चलचित्र प्रत्येक सोमबार साँझ ८ बजे मि टीभीबाट प्रशारण हुने छ ।

भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यशोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रग्यासी थापा, सानु तिमल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

पत्रकार भेटघाटका क्रममा बरिष्ठ कलाकार निर शाहको हातबाट टेली चलचित्रको पोस्टर समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा मि टीभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकारतथा निर्देशक निर शाह, लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, जितु नेपाल, दमन रुपाखेती, सुरेन्द्र केसी, शैलेन्द्र सिम्खडालगायतको उपस्थिति थियो ।

नयाँ टेली चलचित्र ‘रिटार हल्दार’मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको चरित्रलाई विशेष रुपमा प्रस्तुत गरिएको कलाकार बिष्णु सापकोटाले बताए ।

‘रिटार हल्दार’मा गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा, छायाँकन प्रवेश पोखरेल र सञ्जय राई, शीर्ष गीत बसन्त सापकोटाको रहेको छ । ‘रिटार हल्दार’ सोमबार ८ः३० बजे मि टीभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताइएको छ ।

टेली चलचित्रको मार्केटिङ रेडियो लिंकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित