शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नबिल बैंकद्वारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०७९ साउन २९ गते १७:२९

काठमाडौं, २९ साउन । नबिल बैंकले नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।

ललितपुर महानगरपालिका–२१, खोकनामा उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रम विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दीगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरूको बारेमा विशेष प्रस्तुती दिएको जानकारी दिएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरूको उपस्थिति थियो ।

कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो ।

कार्यक्रममा विशेष वक्ताको रूपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग गरी दीगो समाजको निर्माण गर्न नबिल बैंक सधैं तत्पर रहेको बताएका थिए । त्यस्तै ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले कार्यक्रमको लागि धन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधैं तत्पर रहेको बताए ।

सरकारले अवलम्बन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन नबिलले दीगो बैंकिङको शुरूवात गरेको हो । शुरूमा १७ वटा शाखाबाट शुरू गरेको दीगो बैंकिङ बैंकले हाल १०० वटा शाखामा विस्तार गरेको छ ।

दीगो बैंकिङ अन्तर्गत बैंकले किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ । साथै नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (यूएनसीडीई)को सहकार्यमा आधारित ‘क्यूआर–कोड ः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित