शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपालले साफ यू–१७ को पहिलो खेल भुटानसँग खेल्ने (तालिकासहित)

दैनिक नेपाल २०७९ साउन २९ गते १६:५९

काठमाडौं, २९ साउन । श्रीलंकामा आगामी भदौ २० गतेदेखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनशीप अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा भुटानसँग गर्ने भएको छ ।

आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले प्रतियोगिताको दोस्रो दिन भुटानसँग खेल्नुपर्ने छ ।

पहिलो दिन उद्घाटन खेलमा नेपाल रहेको समूह ‘बी’ को भुटान र भारतबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन बंगलादेश र आयोजक श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

सेप्टेम्वर ७ मा पहिलो खेलमा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । ९ सेप्टेम्वरमा समूह चरणको अन्तिम दिन ९ सेप्टेम्वरमा नेपालले भारतको सामना गर्नेछ । सोही दिन श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । १२ सेप्टेम्वरमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा विजयी हुने टोलीले १४ सेप्टेम्वरमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सबै खेलहरु रेसकोर्स इन्टरनेसनल स्टेडियममा हुनेछ ।

हेर्नुहोस् खेल तालिका–

प्रतिक्रिया
सम्बन्धित