
काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।
इन्जिनीयर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु शंकायहरूको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परीक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यन्यावन गरिनुपर्ने, चक्रवती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटा माग नेविसंघले अघि सारेको छ ।
त्यस्तै, नेविसंघले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनु पर्ने, परीक्षा नतिजा ३ महिनाभित्र प्रकाशन गरिसक्नु पर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरेको छ ।















प्रतिक्रिया