
काठमाडौं, २९ साउन । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले वर्तमान सरकारसँग काठमाडौंमा थुप्रिएको फोहोर उठाउने हुती समेत नभएकाले थप अपेक्षा गर्न नसकिने बताएका छन् ।
प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले वर्तमान सरकारलाई ‘हुतीहारा’को संज्ञा दिएका हुन् । काठमाडौँमा फोहोर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू समेत बेखबर रहनु आश्चर्यजनक भएको उनको भनाइ थियो ।
उनले काठमाडौँमा फोहोर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका उत्पन्न भएको बताउँदै जनस्वास्थ्यमाथि नै सरकारले खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
उनले फोहोर व्यवस्थापनको ठोस प्रस्ताव लिएर एमालेसँग आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव समेत दिएका छन् । वर्तमान सरकारको भरपरे काठमाडौँका मेयर शाह असफल हुने उनको तर्क छ ।















प्रतिक्रिया