५ कार्तिक २०८३, बिहिबार

थापाथली पुलबाट हाम फालेकी महिलाको प्रहरीद्वारा उद्धार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी एक जना महिलाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं महानगरपालिका–११ स्थित थापाथली पुलबाट शनिबार दिउँसो खोलामा हाम फालेकी ललितपुर बस्ने २० वर्षीया महिलाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

एक जना महिला खोलामा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरबारबाट तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो ।

हाम फाल्नुको कारण हाल नखुलेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।