५ कार्तिक २०८३, बिहिबार

पाँच जनाको शव विभिन्न स्थानमा भेटियो, एक जना पुरुषको पहिचान खुल्न सकेन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २८ साउन । प्रहरीले विभिन्न स्थानबाट पाँच जना व्यक्तिको शव फेला पारेको छ ।

पाल्पा, महोत्तरी, धनकुटा, झापा र मकवानपुरमा ती शवहरू भेटिएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने ५५ वर्षीय मनबहादुर सुनार आफ्नै घरनजिक सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकहागाउँ बस्ने ४५ वर्षीय ओपिन्द्र महतो सोही ठाउँस्थित शिव मन्दिर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय जिवन भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका–५ पाथिभरा टोलस्थित पिपलको रुखको फेदमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मकवानपुरको बागमती गाउँपालिका–१ बोटगाउँस्थित राईगाउँ भित्री सडक छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीया दमकुमारी राई शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।