५ कार्तिक २०८३, बिहिबार

एसईई उत्तीर्ण २४ जना विद्यार्थी सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २८ साउन । ललितपुर महानगरपालिका–१८ ले २०७८ सालको एसईई परीक्षा उत्तीर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी छन् । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले उनीहरूलाई सम्मान गरेका हुन् । सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा वडाध्यक्ष खड्काले एसईई उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिँदै आर्थिक अभावको वा अन्य कारणबाट पढाई पूरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने बताए । उनले अभिभावक, आफ्नो र साथीभाइको लहलहैमा विद्यालय छनोट गर्ने भन्दा पनि विद्यालयले विगतमा गरेको सफलताको आधारमा छनोट गर्न आग्रह गरेका छन् ।

श्री बालकुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णहरि थापाले वडामा स्थायी वसोबास गर्ने एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए । उनले वडामा रहेको एकमात्र आधारभूत विद्यालयलाई सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।