५ कार्तिक २०८३, बिहिबार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी सोमबार र मंगलबार बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आगामी सोमबार र मंगलबार (साउन ३० र ३१ गते) बस्ने भएको छ ।

काठमाडौंमा बस्ने बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, जनबर्गिय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्बाचनको तयारी र रणनीतिबारे छलफल हुने बताइएको छ ।