
काठमाडौं । हाल प्रवासमा रहेका लोकप्रिय सर्जक एवम् गायक राम स्याङतानको लयमा पुनः अर्को मौलिक लोकदोहोरी गीत ‘प्रतिको नशा’ सार्वजनिक गरिएको छ ।
कुमारी लामाको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको गीतमा महेश नेपालले शब्द भरेका छन् भने तारा श्रीष मगर र प्रताप दासको सुमधुर स्वर सुन्न सकिन्छ ।
राम स्याङतान अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा अभिनय भने आयुष्मा कार्की, आरुषी मगर, अनु पराजुली, अस्मिता राना, प्रिती तामाङ्ग, प्रकाश तामाङ्ग (राज) शुक्र लामा, राज मगर, सन्जिब ठकुरी र अमोन रानाको देख्न सकिन्छ ।
भिडियोमा कोरिग्राफी प्रकाश तामाङ राजको रहेको छ । प्रकाश अभिनय, निर्देशन तथा कोरिग्राफीमा पछिल्लो समय निकै ब्यस्त कलाकार हुन् । गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।















प्रतिक्रिया