
रसुवा, २८ साउन । रसुवाको गोसाइँकुण्ड गाँउपालिका–५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन घर फर्किने क्रममा लेक लचगेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरुमा नुवाकोटको ककनी गाँउपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका–११ बस्ने २० वर्षीय साधना प्याकुरेल तथा धादिङको नीलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।
घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।















प्रतिक्रिया