२ कार्तिक २०८३, सोमबार

सुमि संस्कृतिको शब्द तथा स्वरमा ‘तिज आयो’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रसिद्ध सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको तीजगीत ‘तीज आयो’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

सुमी संस्कृतिको शब्दरचना तथा स्वरमा रहेको गीतको सङ्गीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने गीतमा मनोज डंगोलको मिक्सिङ तथा माष्टरिङ छ ।

जयराम भट्टको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफीमा छायाङ्कन भएको भिडिओमा सुजन विश्वकर्माको सिनेम्याटोग्राफी र राज कुमारको सम्पादन रहेको छ ।

भिडिओमा रामचन्द्र अधिकारी, आयुष्मा कार्की, प्राप्ति भट्ट, परमेश्वर दाहाल र युद्ध मगरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

नारीमाथि हुने गरेका पारिवारिक र सामाजिक विभेदका विषयहरुलाई उजागर पारिएको यस गीतमा शहरको केटो माग्न आयो भनेर पढ्नेलेख्ने उमेरकी छोरीलाई विवाह गरेर पठाइएको र विवाहपछि दुःख पाएकी छोरीको अवस्थाबारे अभिभावकहरुले कत्ति पनि चासो नराखेको कुरा व्यक्त गरिएको छ ।

जतिसुकै शिक्षित भएपनि अहिले पनि छोरीहरुले चुलोचौकोमै जिन्दगी बिताउनु परेको पीडा गीतमा पोखिएको छ । चेतनामूलक भाव भएको यस गीतको भिडिओ केहीदिनअघि सङ्गीतकार ‘प्रेमी’कै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।