५ कार्तिक २०८३, बिहिबार

सभामुख सापकोटा र चिनियाँ राजदूत याङ्छीबीच भेट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

सभामुख सापकोटा र राजदूत यान्छीबीच आज शुक्रबार लैनचौरस्थित सभामुखको सरकारी निवासमा भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्।

भेटका क्रममा राजदूत यान्छीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने बताएकी छिन् । उनले नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय नेपालमा विभिन्न बहानामा अमेरिकाले आफ्नो उपस्थिति बढाउँदै गएपछि चीन सशंकित बनिरहेको छ । यस्तो परिस्थितिमा भएको सभामुख सापकोटा र राजदूत याङ्छीबीचको भेटवार्तालाई नेपालको भू–राजनीतिक अवस्थासँग जोडेर हेर्दा निकै महत्वपूर्ण र अर्थपूर्ण रहेको बुझ्न सकिन्छ ।