४ कार्तिक २०८३, बुधबार

एमाले बैठक : केपी ओलीको संयोजकत्वमा बनाइयो निर्वाचन परिचालन कमिटी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बिहीबार बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो ।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष तथा महासचिव र विभागका सचिव रहने छन् ।

सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।