
काठमाडौं, २६ साउन । प्रवीणता प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
हालै चलचित्र विकास बोर्डमा गरिएको उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै उनका प्रतिस्पर्धी आवेदकहरूले मुद्दा दायर गरेको बताइएको छ ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रवीणता प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेकाले उनको नियुक्ति बदर गर्नुपर्ने निवेदकको माग छ ।















प्रतिक्रिया