मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चीनका विभिन्न भागमा लकडाउन तथा प्रतिबन्ध घोषणा

दैनिक नेपाल २०७९ साउन २६ गते १६:१७

बेइजिङ, २६ साउन । कोरोना भाइरस (कोभिड–१९) को नयाँ–नयाँ भेरियन्टको संक्रमण बढेसँगै छिमेकी मुलुक चीनका विभिन्न स्थानमा लकडाउन र प्रतिबन्धहरू घोषणा गरिएको छ ।

चीनको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनाका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको समाचारहरूमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित