
काठमाडौं, २६ साउन । नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमालेलाई २० वर्षसम्म शासनमा फर्किन नदिइने उद्घोष गरेका छन् ।
आगामी निर्वाचनमा एमालेले एक सीट पनि नजित्ने दाबी गर्दै उनले सो कुरा बताएका हुन् । ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन्,’ यादवले भने, ‘अब तपाइँहरु कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस् । स्थानीय तहमा २०० सीट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सीट पनि आउँदैन थियो ।’ त्यसकारण अबको संसदीय निर्वाचनमा एक एमालेले एक सीट पनि नजित्ने दाबी उनको छ ।
यद्यपि, एक सीटचाहिँ एमालेले जित्ने उनको भनाइ छ । ‘केपी ओलीले जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन् । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस् । यसपटक एमाले शुन्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ,’ उनले भने ।















प्रतिक्रिया