
काठमाडौं, २६ साउन । नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्ला–एक्लै प्रतिस्पर्धा गरेको खण्डमा नेकपा एमालेले एक्लै दुईतिहाई बहुमत ल्याउने बताएका छन् ।
सत्तासीन नेपाली काङ्ग्रेसले एमालेसँग एक्लै निर्वाचन लड्न नसक्ने देखेर नै अहिले साना–तिना दलहरू बटुलेर चुनावी गठबन्धन निर्माण गरेको बताउँदै उनले भने, ‘एक्लाएक्लै लडे एक सीट पनि जित्न नसक्ने अवस्था पुगेको निष्कर्षमा अहिले काङ्ग्रेस पुगेको छ । अब काङ्ग्रेस एक्लै लड्न नसक्ने भयो ।’
काङ्ग्रेसले एमालेसँग एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने हो भने एमालेले दुईतिहाई बहुमत हासिल गर्ने जिकिर गर्दै उनले भने, ‘काङ्ग्रेस हामीसँग एक्लै लड्न आओस्, हामी दुई तिहाई भन्दा बढी सीटमा जित्छौं । यदि हामीले दुईतिहाई भन्दा बढी सीट जितेनौँ भने म राजनीति नै छोडिदिन्छु ।’















प्रतिक्रिया