
रुपन्देही, २६ साउन । मेगा बैंक नेपाल लुम्बिनी प्रदेशले रुपन्देही सैनामैना नगरपालिकामा रहेको बौद्धिक अपाङ्गता सेवा केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।
मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट थोरै रकम संकलन गरी उक्त सहयोग उपलब्ध गराएका हुन् । केन्द्रमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिका तथा विद्यार्थीहरूको पठनपाठन र सिकाइमा केही सहज होस् भनेर विभिन्न खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको मेगा बैंक भैरहवा शाखाका प्रबन्धक मिलन कुमार पुनले जानकारी दिए ।
मेगा बैंक लुम्बिनी प्रदेश प्रमुख बिश्व पौड्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर उपप्रमुख बिना रानाले मेगा बैंकका लुम्बिनी प्रदेशका कर्मचारीले आफ्नो आम्दानीबाट केही रकम सङ्कलन गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई गरेको सहयोगको उच्च प्रसंसा गरिन् ।
















प्रतिक्रिया