५ कार्तिक २०८३, बिहिबार

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन घोषणा (विज्ञप्तिसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाल आयल निगमसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् ।

बढेको इन्धनको मूल्य अनुसार इन्धन ढुवानी भाडा नबढेको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । आगामी भदौ १ गतेसम्म पनि ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवासायीको तयारी छ ।

इन्धनमा भएको मूल्यवृद्धिका आधारमा ढुवानी भाडा नबढाइएको भन्दै ट्यांकर व्यवसायीहरु गत वर्षदेखि नै आन्दोलित छन् । पछिल्लो समय साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि उक्त सहमति पालना नभएकाले आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ ।