
चितवन, २५ साउन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सीजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।
सीजी ल्यान्डमार्कले अगामी २७ गतेदेखि २९ गतेसम्म तीन दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको बताएको छ । वार्षिकोत्सवको अवसरमा सीजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायत मज्जा लिन पाउने छन् ।
वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्ज्वल केसीले जानकारी दिए । तेस्रो वार्षिकोत्सवको अवसरमा मलमा भव्य कार्यक्रम गरी प्रमुख अतिथिको हातबाट केक पनि काटिने सीईओ केसीको भनाई छ ।
सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सीजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरूले आकर्षक छूट दिने छन् ।
केसीका अनुसार सीजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एक मात्र गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटेल, रेस्टुराँ, सिनेमा हल, सपिङ सेन्टर, सभाहललगायत सुविधा उपलब्ध छन् ।















प्रतिक्रिया